भागबण्डा टुङ्ग्याउन गठबन्धनका शीर्ष नेता बालुवाटारमा

person explore access_timeअसोज १७, २०७९ chat_bubble_outline0
फाइल तस्बिर

मङ्सिरमा हुने निर्वाचनको प्रतिनिधि सभा र र प्रदेश सभा सदस्य पदका लागि सिट बाँडफाँटको अन्तिम टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरू बिहानैबाट छलफलमा जुटेका छन् ।


बिहान साढे ८ बजेदेखि बालुवाटारमा भइरहेको छलफलमा प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्र र प्रदेश सभाका निर्वाचन क्षेत्रबारे छलफल भइरहेको जसपाका कार्यदल सदस्य मनिष सुमनले जानकारी दिए ।



‘हामी बिहान साढे ८ बजेदेखि छलफलमा छौ, आज टुंगो लगाउने भनिएको छ तर के हुन्छ हेरौँ’, सुमनले रातोपाटीसँग भने,‘ शीर्ष नेताले चाहे आजै सिट बाँडफाँट टुंगो लाग्छ ।’ सिट बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रले जसपा र नेकपा एकीकृत समाजवादीलाई पेलेको भन्दै असन्तुष्टि बढेको छ । जसपाले त गठबन्धन बाहेकका अन्य दलसँग समेत चुनावी तालमेल गर्ने निर्णय गरेर एमालेसँग संवाद नै थालिसकेको नेताहरूको भनाइ छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।