पाकिस्तानविरुद्धको शृङ्खला इंग्ल्याण्डलाई

person explore access_timeअसोज १७, २०७९ chat_bubble_outline0

डेविड मलानको विस्फोटक ब्याटिङमा इंग्ल्याण्डले टी–२० शृङ्खलाको अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले पराजित गरेको छ । योसँगै ७ खेलको शृङ्खला इंग्ल्याण्डले ४–३ ले जित्न सफल भएको हो ।


टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनायो । दुई पटक जीवनदान पाएका मलानले नटआउट रहँदै ७८ रन बनाए । ह्यारी ब्रुकले नटआउट रहँदै २९ बलमा ४६ रन बनाए । उनले पनि २४ रन बनाएको स्थितिमा जीवनदान पाएका थिए । दुईले अविजित १ सय ८ रनको साझेदारी गरे ।



जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १४२ रन बनाउन सक्यो । पाकिस्तानका लागि सान मसुदले सर्वाधिक ५६ रन बनाए भने खुसदिल साहले २७ रन बनाए । इंग्ल्याण्डका लागि क्रिस वोक्सले ३ तथा डेभिड विलीले २ विकेट लिए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।