बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय नागरिक पार्टी र पुनर्जागरण पार्टीबीच चुनावी एकता

आइतबार, १६ असोज २०७९, २१ : ५३
आइतबार, १६ असोज २०७९

राष्ट्रिय नागरिक पार्टी र पुनर्जागरण पार्टी नेपालबीच चुनावी एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दुवै पार्टीले एकता घोषणा गरेका हुन् । दुवै दल समानुपातिक र प्रत्यक्षतर्फ साझा चुनाव चिन्ह मैनबत्ती लिएर जाने घोषणा समेत भएको छ । 

पुनर्जागरण पार्टी नेपालका अध्यक्ष श्यामबाबु गौतम र राष्ट्रिय नागरिक पार्टीका महामन्त्री वि.वि. थापाले संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत चुनावी एकताबारे जानकारी गराएका हुन् । दुवैले बागमती प्रदेशलाई केन्द्रित गरेर ६६ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार उठाउने जानकारी समेत दिए । कार्यक्रममा पुनर्जागरण पार्टी नेपालका अध्यक्ष श्यामबाबु गौतमले आफूहरूको मैनबत्ती साझा चिन्ह भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप