ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा ध्रुवीकरण : बोल्सोनारो र लुलाबीच प्रतिस्पर्धा

person explore access_timeअसोज १६, २०७९ chat_bubble_outline0

दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोले हार स्वीकार नगर्नसक्ने हल्लाबीच ब्राजिलका वामपन्थी उम्मेदवार लुइज इनासियो लुला डा सिल्भाले ब्राजिललाई ‘सामान्य अवस्थामा फर्काउने’ प्रतिबद्धता व्यक्त गरेका छन् । 


ब्राजिलको इलेक्ट्रोनिक भोटिङ प्रणालीमा धाँधली भएको आरोप लगाउँदै आएका ६७–वर्षीय वर्तमान राष्ट्रपतिले लुलाले दोहोरो अङ्कको अग्रता लिएको जनमत सर्वेक्षणले देखाए पनि आफूले जित्नेमा आफू विश्वस्त रहेको बताउँदै हार्दा नतिजाको सम्मान गर्ने कि नगर्ने भन्ने पत्रकारको प्रश्नको प्रत्यक्ष जवाफ दिएका छैनन्। 



सन् २००० को दशकमा ब्राजिलको नेतृत्व गर्नुभएका लुलाले दक्षिणपूर्वी राज्य साओ पाउलोमा आफ्नो गढमा मतदान गर्दै बोल्सोनारोको नेतृत्वमा चार वर्षपछि ‘शान्तिको देश’ चाहेको बताएका थिए । 



उनी ७६ वर्षको उमेरमा पुनरागमन गर्न खोजिरहेका छन् । “हामी थप घृणा, अधिक कलह चाहँदैनौँ,” पूर्व राष्ट्रपतिले मतदानपछि मतदाताहरूलाई दिइएको मतपत्र चुम्दै भने । 

बोल्सोनारोले रियो दि जेनेरियोमा राष्ट्रिय झण्डाको पहेँलो र हरियो रङको टिसर्ट लगाएर मतदान गरेका थिए । यो अभियानले ल्याटिन अमेरिकी मुलुकलाई गहिरो विभाजित बनाएको छ ।

डाटाफोल्हा इन्स्टिच्युटले आइतबार गरेको अन्तिम सर्वेक्षणअनुसार लुलाले बोल्सोनारोलाई ५० प्रतिशतका विरूद्ध ३६ प्रतिशतसम्म मत अन्तरले बिजय गर्ने देखाइएको छ ।

यसले लुलालाई स्पष्ट रूपमा जित्न र अक्टोबर ३० मा हुने अर्को चरणको मतदानबाट बच्न आवश्यक परिणामको पहुँचभित्र राखिएको थियो । 

बोल्सोनारोले मतदान प्रणालीमाथि गरेको आक्रमणले गत वर्ष अमेरिकी संसद भवनमा भएको दङ्गाको ब्राजिली संस्करणको भय बढाएको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी हार स्वीकार गर्न अस्वीकार गरेका थिए । 

ट्रम्पले बोल्सोनारोलाई अन्तिम क्षणमा समर्थन गर्दै उहाँलाई ‘शालीन नेता’ र ‘विश्वको कुनै पनि देशको महान राष्ट्रपतिहरू मध्ये एक’ राष्ट्रपतिकारूपमा चित्रण गरेका थिए ।
–––

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।