शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय स्तरमा पनि आज गान्धी विचारधाराको जरुरी छ :  निधि

आइतबार, १६ असोज २०७९, १९ : १०
आइतबार, १६ असोज २०७९

नेपाली काँग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सधैँ सचेत रहनुपर्ने बताएका छन् । नेता निधिले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताएका हुन् । 

१५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली जनता परिवर्तनको पक्षमा उभिँदै त्यसलाई सदुपयोग गरेर मुलुकको विकास र समृद्धिका लागि काम गर्न सक्षम रहेको भन्दै त्यसको अगुवाइ राजनीतिक दलहरूले गर्नुपर्ने स्पष्ट पारे । नेता निधिले भने, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली ल्याएका छौँ । यहाँ पनि बेलाबखतमा सुनिन्छ–दुर्घटना हुन्छ, के हुन्छ भनेर । हामी सबै सचेत हुनुपर्दछ । नेपाली जनता नेपालमा परिवर्तनको पक्षमा, परिवर्तनलाई जोगाउनका लागि र परिवर्तनको सदुपयोग गरेर यसलाई अझै राम्रो दिशामा लगेर देश र जनताको हितमा काम गर्नका लागि अव सचेत भइसकेका छन् । र, हामी त्यसका लागि सधैँ सचेत रहनु पनि पर्दछ । र, अगुवाइ पनि गर्नुपर्दछ । र, अन्तर्राष्ट्रिय स्तरमा पनि आज गान्धी विचारधाराको जरुरी छ । ढिलै भए पनि अव गान्धी र गान्धीको बाटोलाई संसारभरि सम्झिन थालिएको छ । त्यही नै बाटो उत्तम बाटो हो भनेर संसारमा शान्ति र समृद्धिका लागि, मानव अधिकारको लागि, मानव सभ्यताको विकासको लागि भन्नेतिर अव जो गान्धी विचारधाराबाट सहमत थिएनन् । त्यो सोसाइटी पनि अव त्यतातिर ध्यान दिन थालेको छ ।’

नेता निधिले गान्धी विचारधारा मार्क्स विचारधारा भन्दा पनि माथि रहेको जिकिर समेत गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप