शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा परेर काठमाडौँमा युवकको मृत्यु

आइतबार, १६ असोज २०७९, १९ : ०५
आइतबार, १६ असोज २०७९

काठमाडौँमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-२५ टेङ्गाल चोकमा बा.९४ प ८४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१२ बस्ने २५ वर्षीय श्रद्धय पासा श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ चुरिया माई नजिक सडकमा ना.७ ख ३६३९ नम्बरको बस आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा बसमा सवार पर्सा, पर्सागढी नगरपालिका-८ रमौली बस्ने २४ वर्षीय नन्दन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य २ जनालाई थप उपचारको लागि सहकारी अस्पताल हेटौँडातर्फ पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै धनुषा क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित सडकमा सखुवा बजारबाट कुचाइ टोलतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही नगरपालिका-६ बस्ने ६५ वर्षीया सहोगीया देवी दनुवारको शनिबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको गोदावरी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप