मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एक हजारको नक्कली नोटसहित भारतीय पक्राउ

आइतबार, १६ असोज २०७९, १८ : ५२
आइतबार, १६ असोज २०७९

सिरहामा एक हजार दरको नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन् । नरहा गाउँपालिका-४ स्थितबाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो. रेजाउल्लाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप