शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा निर्वाचन कार्यालयहरू स्थापना

आइतबार, १६ असोज २०७९, १८ : २७
आइतबार, १६ असोज २०७९

रुपन्देहीका विभिन्न ठाउँमा निर्वाचन कार्यालयहरू स्थापना गरिएको छ । आसन्न मङ्सिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि निर्वाचन कार्यालयहरू स्थापना गरिएको हो ।

रुपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगरमा,  क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा, क्षेत्र नम्बर ३ को भैरहवा बाल मन्दिरमा, क्षेत्र नम्बर ४ को कोटहीमाई गाउपलिकाको कार्यालयमा र क्षेत्र नम्बर ५ को गैडहवा गाउँपालिकाको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । 

रुपन्देहीको क्षेत्र नम्बर १, अन्तर्गत प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय देवदहमा स्थापना गरिएको सहायक निर्वाचन अधिकृत सिता घिमिरेले बताए । 

घिमिरेले यही असोज २३ गते उम्मेदवारको मनोनयन हुने र २६ गते अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख गरे । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्न आवश्यक रहेको उनले औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप