टिकट नपाएको सर्वसाधारणको गुनासो

नेपालीहरूको महान् चाड बडा दसैँ मनाउन घर जानेहरूको आज पनि उल्लेख्य भीड छ । टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरू बिहानैदेखि नयाँ बसपार्कमा रहेका छन् ।
नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारणहरू यातायात व्यवसायीहरूले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरे । बीच बाटोबाट सर्वसाधारणहरू लिएर जाने कतिपय सवारीसाधनका चालक र सहचालकहरूका कारण टिकट काटेका कतिपयले टिकट नपाइरहेको उनीहरूको गुनासो छ । त्यस्तै यातायात व्यवसायीहरूले बसको टिकट छ भनेर काट्ने गरेको तर गाडी चल्ने बेलामा सिट नै खालि नरहेको उनीहरूको भनाइ छ । बस व्यवसायीहरूले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरूलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरूको चर्को गुनासो छ । उनीहरूले सरकारले दसैँमा घर जानेहरूलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोश समेत व्यक्त गरेका छन् ।
त्यस्तै यातायात व्यवसायीहरूले भने अन द स्पट आएर जसरी पनि घर जानैपर्ने भन्ने सर्वसाधारणका कारण यी समस्या आइरहेको बताए । पूर्वाञ्चल संयुक्त यातायातका कर्मचारी खगेन्द्र बस्नेतले आज टिकट काट्न आउने र जसरी पनि जानैपर्छ भन्ने सर्वसाधारणहरूले यस्तो समस्या निकालिरहेको बताए । उनले टिकट काट्दा उभिएर पनि जान्छु भन्ने तर टिकट काटिसकेपछि टिकटमा अर्को मानिस राखेको छ भन्ने जस्ता कुरा गरेर भ्रम पैदा गरिरहेको बताए ।
नवरात्र सुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौँ आएकाहरू गाउँ फर्किरहेका छन् । यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाएर यातायातको सहज व्यवस्थापन गर्ने भने पनि यात्रुहरू भने अग्रिम काटेको टिकट पनि नपाएको गुनासो गरिरहेका छन् । नयाँ बसपार्क, गौशाला, कोटेश्वर लगायतका स्थानमा टिकट काटेर घर फर्किने यात्रुको लर्को देख्न सकिन्छ । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म