एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप थापाले आइतवार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले बहुपदिय प्रणाली अनुरुप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो ।
संघको शनिवार भरर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्याण्डेट अनुरुप आफुले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए ।
बैठकमा बोल्दै कार्यकारी अध्यक्ष थापाले पछिल्लो ६ महिनामा आचार्यले संघको लागि गरेको योगदानको प्रशंसा गरेकी थिइन् ।
आचार्य अब संघभित्र सेरोमोनियल अध्यक्षको रुपमा कायम रहने छन् भने ६ महिना पछि अर्का अध्यक्ष डा. बद्री केसीले कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोवरमा हुने ११ औं महाधिवेशनमा औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु