शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गायक खत्रीले गरे विवाह, विवाह खर्चको रकम असहायलाई

आइतबार, १६ असोज २०७९, १७ : २२
आइतबार, १६ असोज २०७९

गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । ​आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप