शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३६० जना महिलाको रेनकोट चोर्ने व्यक्ति पक्राउ

आइतबार, १६ असोज २०७९, १५ : ४४
आइतबार, १६ असोज २०७९

महिलाले लगाउने रेनकोट प्रति उच्च आकर्षण भएका जापानका एक व्यक्तिले १३ वर्षको अन्तरालमा ३६० वटा रेनकोट चोरेका छन् । उनलाई ‘रेनकोट म्यान’ भनिएको छ ।

अडिटी सेन्ट्रल अनुसार जापानको ओसाकामा बस्ने ५१ वर्षका ती व्यक्तिलाई प्रहरीले पछिल्लो एक दशकदेखि पक्राउ गर्न खोजिरहेको थियो । योसिदो योदा पत्रिका डेलिभरी गर्ने काम गर्दथे । उनलाई रेनकोटको रुपमा प्रयोग गरिने ‘कप्पा’ भन्ने गार्मेन्टप्रति आशक्ति थियो । प्रहरीले उनको घरमा छापामा मार्दा कूल ३६० वटा रेनकोट भेटेका थिए । उनले सन् २००९ मा पहिलो पटक रेनकोट चोरेका थिए ।

ओसाका प्रहरीले स्रोतलाई उद्धृत गर्दै ती व्यक्तिले साइकलमा रेनकोट लगाएर यात्रा गर्ने महिलालाई पछ्याउने गरेको बताए । यसका साथै उनले पार्किङमा राखेका साइकलबाट पनि महिलाले लगाउने रेनकोट चोरी गर्ने बताइएको छ ।

उनले लगभग ३२० वटा रेनकोट पछिल्लो ९ वर्षमा चोरेको बताइन्छ । उनी रेनकोट चोर्न यति माहिर थिए कि उनलाई पक्राउ गर्न खोज्नेहरुबीच उनी ‘रेनकोट म्यान’ को नामले परिचित थिए ।

 प्रहरीले किन यस्तो गरेको भनेर सोधेको प्रश्नमा रेनकोट लगाएका महिलालाई हेर्दा उनीहरुलाई भित्री वस्त्रमा देखे जत्तिकै उत्साहित हुने गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप