सिजनल भिसामा कोरिया पठाउने भन्दै लाखौँ असुली, १ जना पक्राउ

person explore access_timeअसोज १६, २०७९ chat_bubble_outline0

सिजनल भिसामा दक्षिण कोरिया पठाउन खोज्ने १ जना पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको टोलीले कास्की पोखरा–१० घर भएका ५१ वर्षीय कृष्ण रोक्कालाई पक्राउ गरेको हो । 


आकर्षक तलब सुविधा हुने प्रलोभनमा पारी नेपाली श्रमिकहरूलाई वैदेशिक रोजगारको सिलसिलामा सिजनल भिसामा दक्षिण कोरिया पठाइदिने भन्दै उनले प्रति व्यक्ति २ लाखका दरले पैसा लिएका थिए । ललितपुरको ललितपुर महानगरपालिका–३ स्थित समिट होटल नजिकै रहेको सुबुरब क्याफेमा बसी पैसा लिइरहेको भन्ने सूचनाको आधारमा गएको विभाग र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । 



कृष्णले ठाकुर प्रसाद लामिछानेसहित ३१ जना पीडितहरूबाट प्रति व्यक्ति २ लाखका दरले पैसा लिएका थिए । पक्राउ परेका कृष्णले उनीहरूबाट असुलेको रकम फिर्ता गरेपछि धरौटीमा रिहा भएका छन् । रिहा भएका कृष्णका गतिविधि अझै शङ्कास्पद रहेकोले उनीमाथि निगरानी भइरहेको विभागका सूचना अधिकारी निर्देशक कृष्ण प्रसाद भुसालले बताए । 



‘पैसा लिइरहेको भन्ने सूचनाको आधारमा हाम्रो र प्रहरीको टोली खटिएको थियो । त्यहीबाट नियन्त्रणमा लियौँ । लिएको पैसा सबै फिर्ता गरे । त्यसपछि अहिले धरौटीमा छोडिएको छ । उनीमाथि निगरानी भने जारी छ,’ निर्देशक भुसालले भने । 

उनले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ विपरीतको कसुर गरेकाले उनलाई नियन्त्रणमा लिइएको निर्देशक भुसालको भनाई छ । 

सरकारले सिजनल भिसामा कोरिया पठाउन रोक लगाएको छ । केही समय अगाडिसम्म स्थानीय तह आफैँले भगिनी सम्बन्ध स्थापित गराउँदै आफ्नो पालिकाका युवालाई सिजनल भिसामा कोरिया पठाउँदै आएका थिए । 

उक्त क्रम बढेको भन्दै सरकारले हस्तक्षेप गर्दै तत्काल रोक्न भनेको थियो । सिजनल भिसाका लागि अनुमति मागेका कतिपय पालिकाको अनुमति नै रद्द गरिदिएको थियो । पालिकाले पठाउने कार्यमा रोक लागे पनि कतिपय दलालले व्यक्तिगत रूपमा सिजनल भिसामा भने कोरिया पठाउने क्रम रोकिएको छैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।