हलिउड अभिनेताको ‘अनुहार’ को कपिराइटको मामिला के हो ?
अभिनेता ब्रुस विलिसले आफ्नो अनुहार प्रयोग गर्न अधिकार दिएको भन्ने खबरलाई उनका म्यानेजरले खण्डन गरेका छन् । अघिल्लो हप्ता अभिनेताले आफ्नो अनुहार प्रयोग गर्ने अधिकार डिपकेक नामको कम्पनीलाई बेचिदिएको भन्ने खबर सार्वजनिक भएको थियो । यदि यस्तो भएको भए यो आफैँमा पहिलो र निकै अचम्मको सम्झौता हुने थियो ।
यद्यपि, अभिनेताका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा कम्पनीसँग उनको कुनै सम्झौता वा पार्टनरशीप नभएको स्पष्ट पारेका छन् । डिपकेक कम्पनीका एक प्रतिनिधिले विलिससँग मात्रै उनको अनुहार प्रयोग गर्ने अधिकार भएको बताए ।
यसै वर्ष मार्चमा आफ्नो रोगबारे पत्ता लागेपछि विलिसले अभिनयबाट अवकाशको घोषणा गरेका थिए । उनलाई अफेजिया छ । यो एउटा यस्तो समस्या हो जसको असर बोल्नमा पर्छ । डिपकेक असाध्यै वास्तविक जस्तो देखिने भिडियो बनाउनका लागि एक आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ टेक्नोलोजी हो जसले धेरैजसो नेता र सेलिब्रिटीको भिडियो बनाउँछ । यो प्रविधि ती अभिनेताका लागि असाध्यै क्रान्तिकारी हुनसक्छ जसले अब अभिनय गर्दैनन् ।
थुप्रै मिडिया संस्थाले आफ्नो अनुहार प्रयोगको अधिकार बेच्ने ब्रुस विलिस पहिलो अभिनेता हुनेछन् भनेर खबर दिएको थियो । यद्यपि, यी दाबी गलत प्रमाणित भए ।
साँचो यो हो कि विलिसले अघिल्लो वर्ष रुसी टेलिकम कम्पनी मेगाफोनका लागि एक विज्ञापन गरेका थिए जसमा डिपकेकको प्रयोग गरिएको थियो । यसमा जुन प्रविधिको प्रयोग गरको थियो त्यो डिपकेकले बनाएको थियो ।
डिपकेकले बीबीसीलाई दिएको जानकारी अनुसार उक्त विज्ञापनका लागि कम्पनीले विलिसको टिमसँग नजिकको सहकार्य गरेको थियो । कम्पनीले भनेको थियो, ‘उनले आफ्नो डिजिटल जुम्ल्याहा बनाउनका लागि अनुमति र सामान उपलब्ध गराएको कुरा साँचो हो ।’
यद्यपि, अभिनेताका म्यानेजरका अनुसार ब्रुस विलिस र डिपकेक कम्पनीबीच कुनै पनि सम्झौता वा पार्टनरशीप भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने