शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँका लागि ‘जय भोले’ र ‘रातो टीका निधारमा’ ‘सिनेमाघर एप’मा रिलिज

आइतबार, १६ असोज २०७९, १२ : ४६
आइतबार, १६ असोज २०७९

कोरोना महामारीपछि विश्वमा ओटीटी प्लेटफमको उदय भएको छ । हलिउड तथा बलिउडका ठुला स्टारका फिल्महरु हलमा भन्दा बढी ओटीटी रिलिजमा केन्द्रित हुन थालेका छन् । यस्तैमा नेपालका खुलेको एप हो ‘सिनेमाघर एप’ ।

मोबाइल, ट्याब्लोइड, एन्ड्रोइड टिभीलगायत सबै प्रकारका स्मार्ट डिभाइसमा उपलब्ध छ यो एपमा निर्माता तथा निर्देशक अशोक शर्माको दुई फिल्म ‘जय भोले’ र ‘रातो टीका निधारमा’ रिलिज गरिएको छ ।
वडा दशैंको अवसर पारेर आइतबार फूलपातीबाट यी दुबै फिल्म ‘सिनेमाघर एप’मा रिलिज भएका हुन् । दर्शकहरुले केही सीमित रकम तिरेर दशैंको रमझममा घरमै बसेर फिल्म हेर्न पाउनेछन् ।

‘जय भोले’ २०७५ सालमा हलमा रिलिज भएको फिल्म हो भने ‘रातो टीका निधारमा’ २०७६ सालमा प्रदर्शन भएको हो । ठुलो लगानीमा बनाएको फिल्म सित्तैमा देखाउनु हुँदैन भन्ने मान्यताले अशोकले यो ‘सिनेमाघर एप’ रिलिज गर्न लागेका हुन् । हलमा जस्तै ‘जय भोले’ र ‘रातो टीका निधारमा’लाई मा पनि दर्शकको साथ मिल्नेमा उनी विश्वस्त छन् ।

‘जय भोले’ मा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, राजाराम पौडेलको अभिनय छ । ‘रातो टीका निधारमा’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, नीता ढुंगाना, खुश्वु खड्का, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप