जनप्रगतिशील मञ्च साइप्रसको अध्यक्षमा गौतम
नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च साईप्रसको प्रथम अधिवेशन सम्पन्न भएको छ। पोलिटब्युरो सदस्य तथा प्रवास सह- इन्चार्ज लक्ष्मण पन्तको प्रमुख आतिथ्यतामा अनलाइन जुम मार्फत भएको अधिवेशनले नवराज गौतमको अध्यक्षतामा २१ सदस्यीय साइप्रस राष्ट्रिय कमिटी बनाइएको छ।
कमिटीको उपाध्यक्षद्वयमा नबिन चौलागाई, बिनोद केसी, महिला उपाध्यक्षमा मीरा लिम्बू ,महासचिवमा रमिता थापा, सचिवमा प्रकाश विश्वकर्मा तथा कोषाध्यक्षमा लक्ष्मी तामाङ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा दिनेश गौतम, रानु लिम्बू, अभिनास भुषाल, अमर नेपाली, सुरज कोइराला, मन्त्री हमाल, केशरी लामा, सुवास ढकाल, अनुप पराजुली,शरण लिम्बू, चक्र तिरुवा, विजय चौलागाई, बाबुराम घिसिङ र सजित राई चयन भएको संस्थापक सचिव केशब ठकुरीले जानकारी दिए।
आयोजक समितिका संयोजक नवराज गौतमको अध्यक्षतामा भएको अधिवेशनलाई प्रवास समन्वय सचिव टीबी पाठक, युरोप अध्यक्ष सुरेन्द्र भुषाल, सचिव रणबहादुर क्षेत्री, युरोप संगठन विभाग प्रमुख उदयराज गौतम लगायतले सम्वोधन गरेका थिए । कार्यक्रमको सञ्चालन माया लोप्चनले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा