शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्डोनेसियाको फुटबल स्टेडियमको घटनापछि राष्ट्रपतिले दिए यस्तो आदेश

आइतबार, १६ असोज २०७९, १२ : २०
आइतबार, १६ असोज २०७९

इन्डोनेसियामा शनिबार एक फुटबल खेलमा भागदौड मच्चिँदा करिब १२९ जना मारिएका छन् र थुप्रै घाइते भएका छन् । यसलाई विश्वमा भएको हालसम्मको सबैभन्दा भयानक स्टेडियम दुर्घटना बताइएको छ । खेल पूर्वी जाभा प्रान्तको अरेमा एफसी र पर्सेबाया सुराबाया बिच चलिरहेको थियो ।

अरेमा एफसी हारेको देखेर फ्यानहरु मैदान प्रवेश गर्न थाले । भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । यस अराजकतामा स्टेडियममा भागदौड मच्चिएको थियो । इन्डोनेसियाको फुुटबल असोसिएसनले शनिबार राती बयान जारी गरेर यो घटनामाथि दुःख व्यक्त गर्दै पूरा घटनाको अनुसन्धानका लागि एउटा समूह मलंग पठाएको जानकारी दियो ।

बयानमा भनिएको छ – कंजरुहान स्टेडियममा अरेमाका समर्थकले जे गरे त्यसमा पिएसएसआईलाई खेद छ । हामी मृतकका परिवार र यो घटनाबाट प्रभावित व्यक्तिहरुसँग माफी माग्छौँ । पिएसएसआईले तत्काल यसको अनुसन्धानका लागि टिम गठन गरेको छ जुन मलंगका लागि प्रस्थान गरिसकेको छ ।’

यो घटनाक्रममा १८० जना घाइते छन् । अरेमा एफसीमाथि यो सिजनका लागि प्रतिबन्ध लगाइएको छ ।

देशका मुख्य सुरक्षामन्त्रीले स्टेडियमको क्षमताभन्दा बढी दर्शक उपस्थित भएको पनि बताए । स्टेडियममा क्षमताभन्दा करिब ४ हजारभन्दा बढी मानिस थिए ।

राष्ट्रपति जोको विडोडोले अनुसन्धान पूरा हुञ्जेल इन्डोनेसियाको शीर्ष फुटबल लिगका सबै खेल रद्द गर्न आदेश दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप