बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कमजोर बालबालिकालाई बिहानको खाजामा यी ५ चिज खुवाउनुहोस्, शक्ति र तौल बढ्नेछ

आइतबार, १६ असोज २०७९, ११ : ३२
आइतबार, १६ असोज २०७९

धेरै जसो अभिभावकहरू आफ्ना बच्चाको स्वास्थ्यका लागि चिन्तित हुन्छन् ।  धेरै बच्चाहरू कमजोर हुन्छन् र चाँडै थाक्ने पनि गर्छन् । यस्तो अवस्थामा बालबालिकालाई स्वस्थ राख्न निकै जरुरी हुन्छ । बालबालिकाको शरिरको कमजोरी हटाउनका लागि उनीहरुलाई बिहानको खाजामा यस्ता खानेकुरा खुवाउनु पर्छ, जसमा पौष्टिक तत्व प्रशस्त हुन्छ । बिहानको खाजामा बालबालिकालाई स्वस्थकर खानेकुरा दिए उनीहरु दिनभर ऊर्जावान रहन्छन् । बच्चालाई बिहानको खाजामा के खुवाउने त ? यसबारे जानकारी लिऔँ ।

अमला

अमलामा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । बच्चाहरूलाई अमला खुवाउँदा उनीहरू कम बिरामी पर्छन् । अमला खाँदा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ र पाचन प्रणालीलाई मजबुत बनाउँछ । बच्चाहरूलाई अमला खुवाउँदा पेटमा कब्जियत हुँदैन र भोक बढ्छ । अमलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ ।

घिउ

घिउ शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले बच्चाको शरीर फुर्तिलो हुन्छ । घिउमा पाइने स्याचुरेटेड फ्याटी एसिडले बालबालिकालाई शक्ति प्रदान गर्छ । बच्चाहरूलाई खानामा घिउ खुवाउन सकिन्छ । घिउमा पाइने ओमेगा थ्री फ्याटी एसिडले बच्चाको मस्तिष्कको विकासमा मद्दत गर्छ ।

बदाम

बदाम शरीरका लागि निकै स्वस्थकर हुन्छ । बालबालिकालाई बिहानको खाजामा बदाम खुवाउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र शरीरको हड्डी मजबुत हुन्छ । बदामलाई भिजाएर खुवाउन सकिन्छ । बदाम खाँदा बच्चाको पेट पनि स्वस्थ रहन्छ ।

पनिर

पनिर बालबालिकाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । पनिर खाँदा बालबालिकाको शरीरको हड्डी बलियो हुनुका साथै दाँत पनि बलियो हुन्छ । पनिरमा प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । बच्चाको शरीरको विकासका लागि पनिर निकै आवश्यक हुन्छ । तपाईं आफ्नो बच्चालाई बिहानको खानामा पनिर कटलेट, पनिर पराठा र पनीर रोलहरू पनि दिन सक्नुहुन्छ ।

ड्राइफ्रुट पाउडर

दुधमा ड्राइफ्रुटको धुलो मिसाएर खानु शरिरका लागि निकै फाइदाजनक हुन्छ । दुधमा ड्राइफ्रुटको धूलो मिसाएर दिँदा  बालबालिकाले धेरै पोषक तत्व सजिलै पाउँछन् । यसमा बदाम, काजु, पिस्ता र मखना मिसाएर पाउडर बनाउन सकिन्छ । ड्राइफ्रुटको धुलो खुवाउँदा बच्चाको शरीर बलियो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । ड्राइफ्रुट पाउडरमा फस्फोरस र मिनरल्स पाइन्छ, जसले बालबालिकाको शरीरमा एनिमियाको समस्या हुन दिँदैन ।

यी सबै चीजहरू बिहानको खाजामा बच्चाहरूलाई सजिलै खुवाउन सकिन्छ । यदि तपाईंको बच्चाले कुनै औषधि खाइरहेको छ भने, डाक्टरलाई सोधेपछि मात्र यी चीजहरू लिन सुरु गर्नुहोस् । जब बच्चाको उमेर २ वर्ष नाघेको हुन्छ, तब मात्र बच्चाको आहारमा यी चीजहरू समावेश गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप