शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व राजाले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने

आइतबार, १६ असोज २०७९, १८ : ००
आइतबार, १६ असोज २०७९

पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सो निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिएका हुन् ।

नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा  राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने पनि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप