शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिस इन्डिया बनेर पनि काम पाइनन्, बुवाले आज पनि चलाउँछन् टेम्पो

आइतबार, १६ असोज २०७९, १० : ५६
आइतबार, १६ असोज २०७९

टिभीको सबैभन्दा ठूलो र हिट रियालिटी शोको सुरुवात भएको छ । सलमान खानले प्रतियोगीलाई ग्रान्ड तरिकाले स्वागत गरिन्छ । बिग बसको घरमा यसपटक ब्युटी क्विन मान्या सिंहले एन्ट्री लिएकी छिन् । मान्या शोमा आफ्नो सपना पूरा गर्न आएको बताउँछिन् । उनले इमान्दारी र मेहनतले कुनै काम गर्दा त्यो पूरा हुने बताउँछिन् ।

मिस इन्डिया बनेपछि मान्याले किन पाइनन् काम ?

मिस इन्डिया रनर अप मान्या सिंहले शोमा एन्ट्रीसँगै आफूले जीवनमा अत्यधिक मुश्किलको सामना गरेको बताइन् । मान्याले भनिन्, ‘मानिसहरुलाई लाग्छ कि मिस इन्डिया बनेपछि जीवन फेरिन्छ । धेरै पैसा पाइन्छ । तर वास्तवमा भन्नुपर्दा मिस इन्डिया रन अप बनेपछि मैले कुनै काम पाइनँ । २ वर्षपछि बल्ल एउटा विज्ञापन पाएँ ।’

मान्याको अनुहारको रङमाथि गर्दथे टिका टिप्पणी

मान्याका अनुसार मानिसहरुले उनको अनुहारको वर्णमाथि प्रतिक्रिया दिन्थे । उनले भनिन्, ‘मिस इन्डिया रनर अप बनेपछि पनि मेरा पिता टेम्पो चलाउँछन् । म आफैँ पनि बुवाको टेम्पोबाटै यात्रा गर्छु ताकि पैसा बचाउन सकूँ । मेरी आमा अहिले पनि सार्वजनिक रेलमा यात्रा गर्नुहुन्छ ।’

सलमानलाई आफ्नो भोगाई बताउँदै गर्दा मान्या थोरै भावुक पनि भइन् । उनले भनिन्, ‘म सधैँ वर्सोवा जान्थेँ र अडियन्स दिन्थे । मैले कहिल्यै हार मानिनँ । म जीवनमा अघि बढ्न चाहन्छु । अब म यो शोमा छु । म पैसा कमाउन चाहन्छु । ’

मान्याको अनुभव सुनेर उनी पनि निकै प्रभावित देखिए । सलामानले यो शोपछि उनले सबैकुरा पाउने आश्वासन पनि दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप