शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खसीबोका बेचेर दसैँ खर्च जुटाउँदै पाल्पाली महिला

आइतबार, १६ असोज २०७९, १० : ५२
आइतबार, १६ असोज २०७९

खसीबोका बचेर पाल्पाली महिलाले दसैँ खर्च जुटाएका छन् । महिलाहरुले  दशैंलाई लक्षित गरी सहकारी मार्फत खसीबोका उत्पादन तथा बिक्री अभियान चलाएका छन् । महिलाहरुले दसैँ तिहारका लागि मात्र करिव १३ हजार २ सय  खसीबोका तयार गरी बिक्री थालेका छन्  । पाल्पामा विभिन्न १७ वटा महिला उधमी सहकारीमार्फत महिलाहरुले दसैँको अवसरमा ७ हजार खसी बोका बिक्री गरिसकेका छन् । 

तानसेन नगरपालिका वडा नं. ८ पिपलडाँडा गेझाकी इन्द्राकुमारी चिदीले एउटा मात्र खसीको मूल्य ३० हजार रुपैयाँ पारेको बताइन् । खसी बेचेको रकमले दसैँ मनाउने, बचेको रकम बैंकमा जम्मा गर्ने चिदीले बताइन् ।  चिदीले कोकलदेवी सामाजिक महिला उद्यमी सहकारी संस्थामार्फत खसी बिक्री गरेकी हुन्  । तानसेन नगरपालिका वडा नंं. १ शीतलडाँडाका युवा उद्यमी समुहका सदस्य तुलबहादुर घर्तीले दशैंको समयमा १० वटा खसी बोका बिक्री गरी ३ लाख रुपैयाँ आम्दानी गरेका छन् । 

तानसेन १२ नामीकुवाका पिताम्वर लुङ्गेलीले ७ वटा खसी बोका बिक्री गरी २ लाख १० रुपैयाँ आम्दानी गरेका छन् । स्थानीय देवबहादुर चिदीले भने, ‘विगतमा  खसी बोका चाहेको बेला बिक्री हुदैनथ्यो, अहिले भने पैसा चाहियो भने तत्कालै गाउँकै सहकारीमार्फत खसी बोका बिक्री गर्न सकिन्छ ।’ दसैँको अवसरमा १ सहकारी मार्फत यहाँ हजार ७ सय खसीबोका बिक्री भइसकेको भएको ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यक्रम संयोजक निर्प परियारले बताए । 

पाल्पा रम्भा गाउँपालिका वडा नंं  २ फोक्सिङ्ककोटका किसानले ५० लाखको खसी बोका बिक्री गरेका छन् । दसैँको अवसरमा किसानहरुले  उपहार सामाजिक महिला उद्यमी सहकारी संस्था मार्फत ५१ लाख ८४ हजार ६३१ रुपैयाँको खसी बोका बिक्री गरेका हुन् । दसैँ सकिदासम्म थप  १५ लाख रुपैयाँको खसी बोका बिक्री गर्ने लक्ष्य रहेको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाकी  अध्यक्ष गंगीसरा सिंजालीले बताईन्  ।  फोक्सिङ्गकोट गाउँका अधिकांश घरपरिवारले खसी बोका बिक्री गरे दशै खर्च जुटाएका छन् । गाउँघरमा अहिले बाख्रापालन व्यवसाय राम्रो आम्दानीको स्रोत बन्दै गएको छ  । सहकारी संस्थाले  टोल टोलमा खसीबोका संकलन केन्द्र स्थापना गरी  जिउँदै तौलने मेशिन समेत बितरण गरेको छ । 

अहिले गाउँ गाउँमा व्यवसायिक बाख्रापालन फष्टाएको छ । हेफर इन्टरनेशनले घर घरमा पुगी महिलालाई संगठित गर्ने, समूह बनाउने र समूहलाई सहकारीमा आवद्ध गर्दै बजारसंग जोडी बिक्री गर्ने काम गर्दै आएको ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताए । पाल्पाबाट चालु आर्थिक बर्षमा २८ हजार खसी बोका बिक्री गर्ने अभियानका साथ १७ वटा महिला उद्यमी सहकारी संस्था  ५ सय ५५ वटा समुह गाउँ गाउँमा व्यवसायिक उत्पादनमा खटिएको कार्कीले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप