इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा भड्कियो, १२७ जनाको मृत्यु
इन्डोनेसियामा शनिबार एक फुटबल खेलमा भागदौड मच्चिँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । खेल हारेको टोलीका फ्यानहरु आक्रोशित भएर मैदानमा आएपछि हिंसा भड्कियो ।
खेल पूर्वी जाभा प्रान्तको अरेमा एफसी र पर्सेबाया सुराबाया बिच चलिरहेको थियो । अरेमा एफसी हारेको देखेर फ्यानहरु मैदान प्रवेश गर्न थाले । भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । यस अराजकतामा स्टेडियममा भागदौड मच्चिएको थियो ।
समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले आफ्नो टोलीले खेल हारेको देखेर केही मानिस फुटबल मैदानतर्फ दौडे र उनीहरूलाई रोक्न खोज्दा स्थिति अनियन्त्रित भएको बताए ।
‘रङ्गशालामा झगडा र अराजकता थियो । ३४ जनाको रंगशालामा र बाँकीको अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमा दुई प्रहरी पनि छन् ।’
यो घटनाका धेरै भिडियोहरु सामाजिक सञ्जालमा शेयर भएका छन् ।
इन्डोनेसियाको फुटबल संघ (पिएसएसआई) ले शनिबार राति विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण विषयमा छानबिन गर्न टोली मलङ पठाइएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कान्जरुहान स्टेडियममा अरेमाका समर्थकहरूले गरेको कामप्रति खेद छ । यस घटनामा ज्यान गुमाउनेहरूका परिवार र पीडितहरूप्रति हामी क्षमाप्रार्थी छौं । पीएसआईले तत्काल छानबिन गर्न टोली बनाएर मलङ प्रस्थान गरेको छ ।’
दंगाजस्तो अवस्थालाई मध्यनजर गर्दै फुटबल लिगले एक साताका लागि खेल स्थगित गरेको हो । यस घटनामा १८० जना घाइते भएको बताइएको छ । अरेमा एफसीलाई यो सिजन प्रतिबन्ध लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?