इन्टरविरुद्ध रोमाको पुनरागमन
आइतबार, १६ असोज २०७९, ०८ : ३५
एक गोलले पछि परेको स्थिति उल्टाउँदै एएस रोमाले इन्टर मिलानलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति भएको सिरिए ए अन्तरगतको खेलमा रोमा २–१ गोलले विजयी भएको हो ।
खेलको पहिलो हाफमा फेडेरिको डिमार्कियोले इन्टरलाई अग्रता दिलाएका थिए । तर नौ मिनेटपछि नै पाउलो डिबालाले खेल बराबरी गरे । दोस्रो हाफको ७८ औँ मिनेटमा क्रिस स्मालिङले गोल गर्दै रोमाको पुनरागमन पुरा गरे । रोमाले सन् २०१७ को फ्रेबुअरी यता पहिलोपटक इन्टरलाई हराएको हो । जीतसँगै रोमा लिगको चौथो स्थानमा उक्लिएको छ । इन्टर भने सातौँ स्थानमा सीमित छ ।
अन्य खेलमा साबिक विजेता एसी मिलानले नाटकीय खेलमा इम्पोलीलाई ३–१ ले हराएको छ । उता शीर्ष स्थानमा रहेको नापोलीले टोरिनोलाई समान ३–१ गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’