शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा फुटबल खेलको दौरान भागदौड मच्चिँदा १२० भन्दा बढीको मृत्यु

आइतबार, १६ असोज २०७९, ०७ : ०७
आइतबार, १६ असोज २०७९

इन्डोनेसियाको फुटबल खेलका दौरान भागदौड मच्चिँदा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । हुलदङ्गा मच्चाउने समर्थकमाथि प्रहरीले टियर ग्यास प्रहार गरेपछि भागदौड मच्चिएको अधिकारीहरूले बताएका छन् ।

पूर्व जाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदङ्गा सुरु भएको थियो । भिडियोमा अन्तिम सिट्टीलगत्तै समर्थकहरू मैदानमा प्रवेश गरेको देखिन्छ । त्यसलगत्तै प्रहरीले टियर ग्यास प्रहार गरेको र यसले गर्दा भागदौड मच्चिएको प्रहरी प्रमुख निको अफिन्ताले बताए । 

उनले मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारीहरू पनि रहेको जानकारी दिए । ‘३४ जनाको स्टेडियमभित्र र बाँकीको अस्पतालमा मृत्यु भएको हो,’ उनले भने । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोमा शवहरू मैदानमा यत्रतत्र छरिएको देखाइएको छ । इन्डोनेसियाको फुटबल एसोसिएसनले घटनाको छानबिन सुरु गरेको छ भने त्यहाँको शीर्ष लिग बीआरआई लिगा वानलाई एक हप्ताको लागि स्थगित गरिएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप