दसैंमा पिङको आकर्षण घट्यो
नेपालीको महान् चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । तर केही वर्षयतादेखि सिन्धुपाल्चोकका गाउँघरमा पिङ कमै देख्न पाइन्छ । विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ ।
नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा मात्रै सीमित रहेको छ । वर्षको एकपल्ट मात्रै हालिने पिङ खेलेर दसैंलाई रमाइलो गर्न थोरै स्थानमा पिङ हालिएको भए पनि त्यस स्थानमा पुगेर खेल्नेको सङ्ख्या भने धेरै रहेको ज्यामिरेका कृष्णबहादुर कार्कीले बताए ।
दसैँमा पिङ खेल्न पाइएन भने मज्जा नै नआउने उहाँ बताउँछन् । कृष्णबहादुरजस्तै पिङ खेलेर मज्जा लिनेहरू गाउँमा धेरै भए पनि पिङ भने कमैमात्र देखिन थालेका छन् । आफ्नो परम्परा र दसैंलाई खुशीसाथ मनाउनका लागि पिङको ठूलो महत्व रहेको मेलम्ची नगरपालिका–९ का वडाध्यक्ष किरणदीप खड्काले बताए । तर विगतका वर्षमा भन्दा पिङको सङ्ख्या घटेकामा उनी चिन्तित छन् ।
केही वर्ष अघिसम्म टोल र गाउँभरिका बासिन्दा जम्मा भएर दोहोरी गीत गाउँदै रातभर जाग्राम बसेर पिङ खेल्ने गरेको ज्यामिरेकै भीमसेन विष्ट बताउँछन् । रातभर जाग्राम बसेर पिङ खेल्दा छुट्टै मज्जा हुने गरेको बताउँदै विष्ट अहिले गाउँघरमा पिङ विरलै देख्न पाइएको बताउँछन् । पहिला–पहिला पिङ खेलेर रमाइलो गर्दै दसैँ मनाउनेहरू अहिले तास, लङ्गुरबुर्जालगायत खेलेर समय कटाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग