वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : अध्यक्ष ओली
शनिबार, १५ असोज २०७९, २२ : १९
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमाले निकट युवा सङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए ।
उनले एमाले समृद्ध नेपाल बनाउने पक्षमा रहेको भन्दै अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको आरोप लगाए । अगामी चुनाव शान्तिपूर्ण एवं धाँधलीरहित सम्पन्न हुनुपर्नेमा उनले जोड दिए । राष्ट्रिय हितको पक्षमा एमाले सधैँ बोल्ने पार्टी भएको भन्दै अध्यक्ष ओलीले युवालाई देशमै रोजगारको सिर्जना हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने