शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ प्रशिक्षकको नेतृत्वमा चेल्सीको सङ्घर्षपूर्ण जीत

शनिबार, १५ असोज २०७९, २२ : १३
शनिबार, १५ असोज २०७९

नयाँ प्रशिक्षक ग्राहम पोटरको नेतृत्वमा पहिलो खेलमा चेल्सीले विवादास्पद जीत हासिल गरेको छ । शनिबार भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हराएको हो । खेलमा अग्रता भने प्यालेसले लिएको थियो ।

खेलको सातौँ मिनेटमा ने ओड्सोने एडोआर्डको गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ३८ औँ मिनेटमा थियागो सिल्भाको पासमा पिएरे एमरिक औबामियाङले गोल गर्दै खेल बराबरी गरे । यसअघि, थियागो सिल्भाले जानीजानी ह्यान्ड बल गरेर गोलको अवसर रोकेका कारण उनलाई रातो कार्ड दिन प्यालेसका खेलाडीहरूले माग गरेका थिए । तर उनलाई पहेँलो कार्ड मात्र देखाइएको थियो । 

खेलको अन्तिम मिनेटमा कोनर ग्यालागरले गोल गर्दै चेल्सीलाई तीन अंक दिलाए । ७ खेलपछि चेल्सी १३ अंकसहित लिगको पाँचौ स्थानमा रहेको छ । प्यालेस ६ अंकसहित लिगको १६ औँ स्थानमा सीमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप