जिल्ला प्रशासनका कार्यालय भक्तपुरद्वारा हातहतियार बुझाउन निर्देशन
शनिबार, १५ असोज २०७९, २१ : ११
जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरू बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले जरुरी सूचना जारी गरी यस्तो निर्देशन जारी गरेको हो ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, सुरक्षित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भक्तपुर जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरू उक्त निर्वाचन पश्चात फिर्ता लैजान गरी बुझाउन सूचनामा भनिएको छ ।
असोज मसान्तसम्म नजिकको प्रहरी इकाइमा बुझाउन निर्देशन जारी गरेको गरिएको हो । अटेर गरी समयमा नबुझाउनेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । भक्तपुरमा क्षेत्र नं १ र २ गरी दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचन र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरु रहेका छन् । –न्युज कारखाना