मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ऐतिहासिक सिन्धुलीगढीको २५५ औं  विजय दिवसमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक

शनिबार, १५ असोज २०७९, २१ : ०१
शनिबार, १५ असोज २०७९

सिन्धुलीगढीमा तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अवसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ ।  समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र सिन्धुलीय श्रेष्ठ समाजले प्रकाशन गरेको चित्रकथा कमन्ताहरु लीलानाथ घिमिरे, हरिकृष्ण श्रेष्ठ, भुवन थापालगायतले सिन्धुलीगढीमा आयोजित एक  कार्यक्रमबीच सार्वजनिक गरे ।

सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अङ्ग्रेज सेनालाई काठमाडौँतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई रोक्न आएका अङ्ग्रेजी फौजलाई विक्रम संवत् १८२४ को असोज १५ गते वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक वर्ष असोज १५ गते विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला विक्रम संवत्को १४ औँ शताब्दीमा स्थापना भएको इतिहासकारहरूको भनाइ छ ।

सिन्धुलीगढीको संरक्षण गर्ने जिम्मेवारी लिएको कमलामाई नगरपालिकाले भने गलत मितिमा विजयोत्सव मनाउने गरेको छ । उसले इतिहासलाई बङ्ग्याउने काम गरेको इतिहासविद्हरूले बताउँदै आएका छन् । इतिहासकारहरूसँगको छलफलपछि समृद्ध सिन्धुली अभियानले अङ्ग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन विजयोत्सव मनाउन थालेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप