विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्व बैंकका युरोप तथा मध्य एसिया क्षेत्रीय उपाध्यक्ष अन्ना बजेर्डेको भनाइ छ, “युक्रेनमा विनाश, क्षति र विस्थापनको सङ्ख्या अनपेक्षित छ र यो अझै बढ्दै गइरहेको छ ।”
विश्व बैंकको अनुमानअनुसार युक्रेनको पुनर्निर्माण र पुनस्र्थापनाको लागत आगामी तीन वर्षमा १०० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
युक्रेनका लागि आपतकालीन कोषका लागि करिब १३ अर्ब अमेरिकी डलर परिचालन गरिसकेको र त्यसमध्ये ११ अर्ब अमेरिकी डलर वितरण भइसकेको बैंकले जनाएको छ ।
अमेरिकी संसद (कङ्ग्रेस) ले युक्रेनका लागि १२ अर्ब ३० करोड अमेरिकी डलरको नयाँ सहायता प्याकेज स्वीकृत गरेको छ, जसमा तीन अर्ब ७० करोड अमेरिकी डलरका सैन्य उपकरण पनि समावेश छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको नियन्त्रणमा रहेको युक्रेनका चार वटा क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गरेकै दिन नयाँ आर्थिक सहायता प्राप्त भएको हो । रासस/एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा
-
इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका
-
१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण
-
सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप
-
प्रेस सेन्टर नेपालले तीन वटै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र
-
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा