कांग्रेस अध्यक्षका तेस्रो उम्मेदवार त्रिपाठीको उम्मेदवारी खारेज
शनिबार, १५ असोज २०७९, २० : ०७
भारतीय कांग्रेस अध्यक्ष पदका लागि तेस्रो उम्मेदवार तथा झारखण्डका पूर्व मन्त्री केएन त्रिपाठीको उम्मेदवारी शनिबार खारेज भएको छ । शनिबार बसेको छानबिन समितिको बैठकपछि पार्टी केन्द्रीय निर्वाचन प्राधिकरणका अध्यक्ष मधुसूदन मिस्त्रीले सो जानकारी दिएका हुन् ।
यसरी यस चुनावमा अहिलेसम्म दुई उम्मेदवार मल्लिकार्जुन खर्गे र शशि थरुर बाँकी छन्। उम्मेदवारी दर्ताको अन्तिम दिन शुक्रबार त्रिपाठीले उम्मेदवारी दर्ता गराएका थिए । हस्ताक्षर जस्ता समस्याका कारण केएन त्रिपाठीको उम्मेदवारी फारम तोकिएको मापदण्ड पूरा नभएकाले खारेज गरिएको मधुसूदन मिस्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु