काठमाडौँबाट खोटाङ जाँदै गरेको बसमा आगलागी
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो ।
बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ । बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन् । बसमा ३२ यात्रु सवार थिए । उनीहरूलाई गन्तव्यसम्म पुर्याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए।
गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् । आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम