स्पर्सलाई हराउँदै शीर्ष स्थानमा अर्सनलको पकड बलियो
शनिबार, १५ असोज २०७९, १९ : ४०

नर्थ लण्डन डार्बीमा १० खेलाडीमा सीमित टोटनहम हटस्पर्सलाई हराउँदै आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । शनिबारको खेलमा आर्सनल ३–१ गोलले विजयी भएको हो ।
खेलमा राम्रो सुरुवात गरेको आर्सनलका लागि थोमस पार्टलेले खेलको २० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ३१ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । प्रिमियर लिगका अवे खेलमा उनको यो १ सयौँ गोल थियो ।
दोस्रो हाफमा गब्रियल जिसुसको गोलको मद्दतले आर्सनलले पुनः अग्रता लियो । ६२ औँ मिनेटमा एमर्सन रोयलले रातो कार्ड खाँदै मैदान छाड्न परेपछि स्पर्स थप दबाबमा पर्यो । यसको फाइदा उठाउँदै ग्रानिट जाकाले आर्सनलका लागि अर्को गोल थपे । ८ खेलपछि आर्सनल २१ अंकसहित शीर्ष स्थानमा रहेको छ । स्पर्स १७ अंकसहित लिगको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा योजना छनोटमा हुने बेथिति रोक्ने कानुन स्वीकृत, ५० लाखभन्दा कमका योजना प्रदेशबाट नबन्ने
-
कोपा डेल’रे सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिड विजयी
-
बिहीबारको दिन आज कसलाई कति लाभदायी ? हेरौँ राशिफल
-
यस्तो छ विदेशी मुद्राको बजार भाउ, कसको मूल्य कति ?
-
प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी