रिङ रेस्लिङमा किङ रोबर्ट बने च्याम्पियन
किङ रोबर्ट “बडा दशैं महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेटमा शनिबार च्याम्पियन बनेका छन् । उनले नुवाकोटे टाइगरलाई पराजित गरे । रोबर्टले १ लाख ५० हजार नगद पुरस्कार पाए ।
नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा भएको प्रतियोगिताको महिलामा तनुले आकृतिलाई हराउदै ६५ हजार नगद पुरस्कार जितिन् । लाइट वेटमा सीजे वल्र्डले सुजलाई पाखा लगाउदै ५५ हजार नगद पुरस्कार हात पारे ।
नुवाकोटको गुर्जेस्थित कालिका माविको प्राङ्गणमा भएको प्रतियोगिताको ट्याग टिममा स्पाइडरम्यान र बाका जोडीले टुप्पी ग्याङलाई पन्छाए । विजेताले ८५ हजार नगद पुरस्कार जिते । ट्रिपल थ्रेट म्याचमा चट्टानले डेभिडको चुनौती समाप्त पारे । चट्टानले ७५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई पूर्व मन्त्री हितमान तामाङ, नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ