शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगुको प्रकोप: हालसम्म ३८ जनाको मृत्यु, २८ हजार १०९ बिरामी

शनिबार, १५ असोज २०७९, १८ : ३१
शनिबार, १५ असोज २०७९

नेपालमा डेंगु रोगबाट सङ्क्रमितको सङ्ख्या २८ हजार १०९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउन महिना देखि यता ७६ जिल्लाहरूमा फैलिएको डेंगु रोगबाट हालसम्म ३८ जनाको मृत्यु भइसकेको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा मात्र २१ हजार ९७५ जनामा डेंगु पुष्टि भइसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा ३ हजार १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा वि.सं. २०६१ सालमा पहिलो पटक डेंगु पुष्टि भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप