धादिङ दुर्घटना अपडेट : २ जनाको सनाखत
शनिबार, १५ असोज २०७९, १७ : ३८
धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा आयोजना गरिने महोत्सवको सामान बोकेर जाँदै गरेको ना ४ ख ८०४१ नंको गाडी सडकमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा कपिलवस्तुका ३५ वर्षीय इन्द्रजित पासी र २५ वर्षीय सद्दाम अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । गम्भीर घाइते विनोद चामर र तुलसीराज पासीलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताउनुभयो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुई जनाको अवस्था सामान्य छ । उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते