शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अहिले पनि संविधान उल्ट्याउने कोशिस जारी छ : महरा

शनिबार, १५ असोज २०७९, १७ : ३५
शनिबार, १५ असोज २०७९

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अहिले पनि संविधान उल्ट्याउने कोशिस जारी रहेको बताएका छन् । नेकपा एमालेप्रति संकेत गर्दै नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाए । 

शनिबार रुपन्देहीको लुम्बिनीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष महराले भने, ‘संविधान कार्यान्वयन गर्न नचाहने तत्वले राष्ट्रपतिलाई प्रयोग गरेर नागरिकता विधेयक प्रमाणीकरणमा अवरोध गरेका छन्, यो राष्ट्रको हित विपरित छ ।’ संविधानको रक्षाको लागि परिवर्तनकारी शक्ति एकजुट हुनुपर्ने उनले उल्लेख गरे ।

अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षा र प्रतिगमनलाई परास्त गर्ने एकीकृत शक्ति भएको महराले उल्लेख गरे । यो गठबन्धन परिवर्तनकारी शक्तिहरूको मोर्चा भएको पनि उनले बताए । कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल (बलदेव), केन्द्रीय सदस्य हकिकुल्ला खाँ लगायतले बोल्दै आगामी चुनावमा गठबन्धनको सहज जित हुने दाबी गरे । 

कार्यक्रममा एमाले, जनमत पार्टी, जसपा लगायतका पार्टीबाट तीन हजार नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेको पार्टीका रुपन्देही संयोजक निर्मल जिसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप