दिपायलमा लागु औषधसहित बसका चालक पक्राउ
शनिबार, १५ असोज २०७९, १६ : १२
दिपायलमा लागु औषधसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका–१ बस्ने २९ वर्षीय खडक बहादुर कलेल रहेका छन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट करिब ३ ग्राम ८३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कलेल बस चालक हुन् ।
इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले सु.प.प्र.०१००१ ख २८२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बसका चालक कलेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी