शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

कीर्तिमानको नयाँ नाम हालान्ड

शनिबार, १५ असोज २०७९, १३ : ३३
शनिबार, १५ असोज २०७९

म्यानचेस्टर सिटीका खेलाडी अर्लिङ हालान्डले प्रिमियर लिग फुटबलमा छोटो समयमा नै धेरै कीर्तिमान बनाइसकेका छन् । यो सिजन मात्र सिटीमा आएका हालान्डले हरेक पटक सिटीको खेल खेल्दा नयाँ  कीर्तिमान बनाउने र कीर्तिमान तोड्ने देखिन्छ । 

अन्तर्राष्ट्रिय ब्रेक अघि आफ्नो पहिलो १० खेलमा उनले १४ गोल गरेका छन् । २२ वर्षीय नर्वेजियन खेलाडीका कीर्तिमान र उनले अझै के के रेकर्डहरु तोड्न सक्छन् भनेर यहाँ चर्चा गरिएको छ ।

उनले यो सिजन के के रेकर्ड तोडेका छन् ?

हालान्डले आफ्नो पहिलो सात प्रिमियर लिग खेलमा ११ गोल गरेका छन् जुन कीर्तिमान डिसेम्बर १९९२ मा मिक क्विनले बनाएका थिए । उनले तीन खेलअघि नै पहिलो १० प्रिमियर लिग खेलहरूमा क्विन, पापिस सिसे र डिएगो कोस्टाको सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेका छन् ।

हालान्डले पहिलो पाँच खेलमा ९ गोल गर्ने कीर्तिमान राखेका छन् । कुनै पनि प्रिमियर लिग सिजनमा अगस्त महिनामा गरिएको यो सबैभन्दा धेरै गोल थियो । 

हालान्ड प्रिमियर लिगमा आफ्नो पहिलो चार अवे खेलमा गोल गर्ने पहिलो खेलाडी हुन् ।

सिटीका लागि आफ्नो च्याम्पियन्स लिग डेब्यूमा सेभिल्लाविरुद्ध ४-० को जीत निकाल्दा हालान्डले दुई गोल गरेका थिए । 

उनले तीन फरक क्लबहरूका लागि पहिलो खेलमा नै दुई वा सोभन्दा बढी गोल गर्ने खेलाडी पनि बनेका छन् । यसअघि साल्जबर्गका लागि जेन्कविरुद्ध ह्याट्रिक र पेरिस सेन्ट–जर्मेनविरुद्ध डर्टमुन्डका लागि दुई गोल गरेका थिए । 

हालान्डले २० खेलमा च्याम्पियन्स लिगको २५ गोल गरेका छन् । यसले रुड भान निस्टेलरोय र रोबर्टो सोल्डाडोको पुरानो रेकर्ड तोड्न सफल भए । उनीहरुले पहिलो २० खेलमा १६ गोल गरेका थिए ।

उनी प्रतियोगितामा २५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडी हुन् । हालान्डले किलियान एमबाप्पेको कीर्तिमान तोडेका हुन् । एम्बाप्पेले लियोनेल मेस्सीलाई पछि पारेका थिए । डर्टमण्ड विरुद्ध गोल गर्दै उनले २१ खेलमा २६ गोल गरेका छन् ।

हालान्डले पहिले नै आफ्नो पहिलो ३० च्याम्पियन्स लिग खेलहरूमा सबैभन्दा धेरै गोलको कीर्तिमानको बराबरी गरिसकेका छन् । 

हालान्डको नाममा सबैभन्दा कम च्याम्पियन्स लिग खेलमा १०, १५ र २० गोल गर्ने रेकर्ड पनि छ । प्रतियोगितामा लगातार चार खेलमा अरू कसैले धेरै गोल गर्न सकेका छैनन् ।

उनी क्लबका लागि प्रिमियर लिग डेब्यु र च्याम्पियन्स लिग डेब्यु दुवैमा गोल गर्ने पहिलो खेलाडी पनि हुन् ।

हालान्डका अघिल्ला कीर्तिमान

हालान्डले बुन्डेस लिगाको सुरुवातमा राम्रो प्रदर्शन गरेका थिए । हालान्ड बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगमा डर्टमन्ड डेब्यु खेलमा गोल गर्ने एक मात्र खेलाडी हुनुका साथै जर्मन सुपर कपमा पनि गोल गर्ने एक्लो खेलाडी हुन् । 

उनी बैकल्पिक  खेलाडीका रूपमा बुन्डेस लिगा डेब्युमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । असबर्गविरुद्ध उनी ५६ ‌औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । 

उनले आफ्नो पहिलो दुई, तीन, पाँच र ६ बुन्डेसलिगा खेलमा सबैमा धेरै क्रमशः पाँच, सात, आठ र नौ गोलको रेकर्ड राखेका छन् । 

हालान्डले पहिलो ५० बुन्डेसलिगा खेलमा ५० गोल गरेका थिए ।  यो रेकर्ड पनि उनलेमात्र २१ वर्षको उमेरमा बनाएका हुन । उनी कम खेलमा धेरै गोल गर्ने सबैभन्दा कान्छो खेलाडी थिए ।

हालान्ड बुन्डेसलिगा खेलमा चार पटक गोल गर्ने सबैभन्दा कान्छो खेलाडी हुन् । 

अन्तर्राष्ट्रिय कीर्तिमानमा उनीसँग सन् २०१९ मा होन्डुरसविरुद्धको एक खेलमा उनले गरेको नौ गोल फिफा यू२० विश्वकप खेलको कीर्तिमान कायम छ ।

उनले नर्वेको सिनियर टिमका लागि २३ खेलमा २१ गोल गरेका छन् ।

उसले के के रेकर्ड तोड्न सक्लान् ?

हालान्डले यही लय कायम राखेमा प्रिमियर लिगको एक सिजनमा गोल गर्ने कीर्तिमान बनाउन सक्नेछन् ।

प्रिमियर लिगमा हालसम्म सर्वाधिक ३४ गोल गर्ने रेकर्ड एन्डी कोलले सन् १९९२–९४ को सिजनमा बनाएका थिए । त्यस्तै अर्को सिजन एलन शियररले त्यति नै गोल गरेका थिए । तर त्यो समय ४२ लिग खेलहरु हुन्थे । 

यो रेकर्ड तोड्न हालान्डलाई ३१ खेलहरुमा २४ गोलको खाँचो छ । ३८ खेलको प्रिमियर लिग सिजनान सर्वाधिक गोलको कीर्तिमान मोहम्मद सलाहको नाममा छ । उनले सन् २०१७–१८ सिजनमा ३२ गोल गरेका थिए । 

हालान्डलाई युरोपका शीर्ष–पाँच लिगहरुमा २०११–१२ ला लिगामा लियोनल मेस्सीको ५० गोलको कीर्तिमान तोड्न भने गाह्रो हुनेछ । 

उनले यही लय कायम राखे प्रिमियर लिगको गोल्डेन बुटमा कसैले जित्न सक्ने देखिँदैन । हालान्डले यही लयमा गोल गरेमा सिजनमा ६० गोल गर्ने अनुमान छ । सिटीका लागि सबै प्रतियोगिताहरूमा एक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान टमी जोनसनको नाममा छ । उनले सन् १९२८–२९ सिजनमा ३८ गोल गरेका थिए । 

क्रिस्टियानो रोनाल्डोले २०१३–१४ मा ११ खेलमा १७ गोल गर्दै एक सिजनमा च्याम्पियन्स लिग गोलको कीर्तिमान बनाउन सफल भएका थिए । 

एक क्यालेन्डर महिनामा खेलाडीले गरेको सबैभन्दा धेरै गोल लुइस सुआरेजले डिसेम्बर २०१३ मा बनाएका थिए । अगस्तमा उनी सो कीर्तिमानबाट मात्र १ गोल टाढा थिए ।

पहिलो २० प्रिमियर लिग खेलहरूमा खेलाडीद्वारा सर्वाधिक गोल केभिन फिलिप्सले १९ र ३० खेलहरूमा कोलको २८ गोल हो ।

जेमी भार्डीको नाममा प्रिमियर लिगमा लगातार ११ खेलमा गोल गर्ने कीर्तिमान छ । हालान्ड अहिले पाँचमा छन् ।

त्यस्तै शियररले सन् १९९५–९६ मा कीर्तिमानी पाँच ह्याट्रिक गरेका थिए । हालाण्डले दुईवटा गरिसकेका छन् ।

प्रिमियर लिगको एकै खेलमा भएके सबैभन्दा धेरै गोल पाँच हो यो कीर्तिमानमा सर्जियो अगुएरो लगायत धेरै ५न् ।

च्याम्पियन्स लिगमा भान निस्टेलरोयको नाममा सबैभन्दा कम खेलमा ३० गोल (३४) र ३५ गोल (४२) को कीर्तिमान छ । यदि हालान्डले अर्को नौ गोल गरे भने उनले त्यो रेकर्ड तोड्नेछन् । 

हालान्डले यस सिजन नर्वेका लागि गोल गर्ने रेकर्डमा पनि नजिक हुन सक्छन् । १९२० र ३० को दशकमा जोर्गेन जुभको ३३ गोलको राष्ट्रिय कीर्तिमानभन्दा उनी १२ गोल मात्र टाढा छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप