मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्ताङबाट फर्कियो ‘अन्तिम संस्कार’ को टिम

शनिबार, १५ असोज २०७९, १३ : ३३
शनिबार, १५ असोज २०७९

प्रदिप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को टिम हिमाली जिल्ला मुस्ताङको छायांकन सकेर फर्किएको छ । चालीस प्रतिशत छायाङ्कन पुरा गरेर बाँकी छायाङ्कन दसैंपछि गर्ने गरेर फिल्म युनिट काठमाडौं फर्किएको हो ।
शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको  सांस्कृतिक तथा सामाजिक कथा वस्तुमा बन्न लागेको फिल्म युनिट एक महिना अगाडि मुस्ताङ पुगेको थियो ।

मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा फिल्मको छायांकन भएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित) ले जानकारी दिए । डेढ करोड लागत निर्माण खर्च अनुमान गरिएको फिल्ममा  विजय लामा, दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, शारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्री लगायतको रहनेछ । फिल्मका छायांकार  बाबु श्रेष्ठ हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप