शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ऋचा र अलीको विवाह समारोह सुरु

शनिबार, १५ असोज २०७९, १३ : १९
शनिबार, १५ असोज २०७९

अभिनेत्री ऋचा चड्ढा र अभिनेता अली फजलको विवाह समारोह सुरु भएको छ । शुक्रबार अर्थात ३० सेप्टेम्बरबाट ऋचा र अलीको विवाह समारोह सुरु भएको हो । उनीहरुले आफ्नो विवाह पूर्व समारोहको पहिलो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । तस्बिरमा दुवै निकै क्यूट देखिएका छन् ।

अबु जानी र सन्दीप खोसलाले डिजाइन गरेको पहिरनमा अली फजल देखिएका छन् भने ऋचा डिजाइनर राहुल मिश्रा पहिरनमा निकै सुन्दर देखिएकी छन् । तस्बिरमा यो जोडीले निकै रोमान्टिक पोज दिएका छन् । यो जोडीको तस्बिर सामाजिक सञ्जालमा चर्चामा छ ।

अली र ऋचाको पहिलो भेट फिल्म ‘फुक्रे’ को सेटमा भएको थियो । अभिनेत्रीले चलचित्रको अम्बरसरिया गीतमा नृत्य गरेकी छिन् । अलको पनि उक्त गीतमा प्रस्तुति थियो । समाचारका अनुसार उनीहरु ४ अक्टोबरमा विवाह बन्धन  बाँधिनेछन् । विवाहका लागि ४ फेसन डिजाइनरले विभिन्न समारोहका लागि ऋचाको ड्रेस डिजाइन गरेका छन् । रिपोर्टका अनुसार यो जोडीको विवाह निकै भव्य हुनेछ ।

ऋचा–अली प्रेमकथा
ऋचा र अलीको भेट सन् २०१२ मा फिल्म ‘फुक्रे’ को सुटिङका क्रममा भएको थियो । यी दुई चाँडै नै ‘फुक्रे ३’ मा एकसाथ देखिनेछन् । सातवर्ष एक अर्कालाई डेट गरेपछि अलीले ऋचालाई विवाहको प्रस्ताव राखेका थिए । २०२० मा दुवैले विवाह गर्ने मन बनाएका थिए, तर कोभिडका कारण योजना ढिला हुँदै गयो । दुई वर्षपछि अली र ऋचा अन्ततः विवाह बन्धनमा बाँधिदैछन् । –दैनिक भास्कर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप