दसैँमा साटिए ५५ अर्बका नयाँ नोट
नेपाल राष्ट्र बैंकले यसपालिको दसैँमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ । यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको हो ।
नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।
दसैँ बिदा हुनुअघि सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका सय रुपैयाँभन्दा साना दरका (रु ५, १०, २०, ५० र रु १०० दरका) र ३९ अर्ब रुपैयाँ बराबर ठुला दरका (रु ५०० र १००० दरका) नोट सटही भएको उनको भनाई छ ।
नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयहरूबाट नयाँ नोट सटही गरेको थियो । काठमाडौँको बालुवाटारमा ५ वटा काउन्टर राखेर नयाँ नोट सटही गरिएको नेपालले जानकारी दिए । राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गर्ने गरेका गरेका थिए । काठमाडौँ उपत्यका बाहिरका कार्यालयहरूबाट दैनिक औसतमा प्रतिकार्यालय ४ सय जनाले सटही गर्ने गरेका छन् । यसो गर्दा जिल्लाका ७ कार्यालयबाट दैनिक २८ सयदेखि ३ हजारले नयाँ नोट साट्ने गरेको कार्यकारी निर्देशक नेपालले बताए ।
दसैँ बिदा लगत्तै फेरि साटिने
नेपाल राष्ट्र बैंकले दसैँ बिदा सकिएर कार्यालय खुलेपछि फेरि नयाँ नोट साटिदिने भएको छ । तिहारको लागि पनि नेपालीले नयाँ नोटको खोजी गर्ने भएकोले नयाँ नोट साटिने उनले जानकारी दिए ।
‘सार्वजनिक बिदा सकिएर कार्यालय खुलेको दिनदेखि नै हामीले नयाँ नोट साटिदिने व्यवस्था मिलाएका छौँ, तिहारको लागि पनि नयाँ नोटको खोजी हुने भएकोले यसो गरिएको हो,’ कार्यकारी निर्देशक नेपालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा