महोत्तरीमा ट्राफिकको सक्रियता, दैनिक दुई सय सवारीसाधनलाई कारबाही
जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारवाही गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने, यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाई कारवाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरुको साहयताको लागि आधा दर्जनभन्दा बढी सहायता कक्ष समेत स्थापना गरिएको छ ।
'बिगतमा देखिएका समस्यालाइ मध्येनजर गरि यात्रु सहायता कक्ष स्थापना गरेका हौ' उनले भने, 'यात्रु सहायता कक्षको स्थापनाले अलपत्र यात्रु तथा विविध समस्या सावधान हुने बिश्वास लिएका छौ ।'
ट्राफिक नियमको उल्लंघन गर्ने जोकोही पनि सजग रहन प्रमुख सिजापतिले यातायात व्यवसायीहरुलाई आग्रह गरे । सहायता कक्ष जिल्लाका मुख्य राजमार्ग, हुलाकी सडक र भित्री सडकमा ब्यवस्थापन गरिएको छ । जिल्लामा अहिले १० वटा ट्राफिक युनिट छन् ।
प्रमुख सिजापतिले जिल्लाका १० वटै युनिटलाई निक्कै सक्रिय बनाएका छन् । प्रत्येक युनिटले दैनिक दिनको ३ पटकभन्दा बढी छडके चेक गरिरहेको सहायक कार्यालय प्रमुख होम भित्राकोटीले जानकारी दिए ।
प्रमुख सिजापतिले ट्राफिक प्रमुखको जिम्मेवारीमा आएदेखि ट्राफिक व्यवस्थापनमा निक्कै परिवर्तन ल्याएका छन । ६ महिनाको अवधीमा नै उनले गौशाला नगरपालिकासँग समन्वय गरी ट्राफिक कार्यालयको आफ्नै भवन बनाएका छन् ।
जिल्ला ट्राफिक कार्यालय रहेको ठाउँ बर्दिबास नगरपालिकामा भने भाडामा बस्दै आएका छन् । ट्राफिक कार्यालयको आफ्नै भवनको लागि स्थानीय सरकार र सरोकारवाला निकायहरुलाई अनुरोध गरिरहेको प्रमुख सिजापतिको भनाइ छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात