शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारका आकांक्षीबाट बच्न गोप्य स्थानमा जसपाको बैठक

शनिबार, १५ असोज २०७९, १२ : १४
शनिबार, १५ असोज २०७९

जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवार चयन, पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल, समानुपातिक उम्मेदवारको सूची संशोधनलगायतको विषयमा छलफल हुने जसपाका प्रवक्ता मनिष सुमनले बताए । पार्टी कार्यालयमा बैठक बस्ने भनिए पनि त्यहाँ अन्यत्र सारिएको छ ।

जसपाले बैठक स्थल गोप्य राखेको छ । अधिकांश टिकटका आकांक्षीहरु काठमाडौंमै छन् । बैठक स्थलमा भिडभाड हुने डरले बैठकलाई गोप्य ठाउँमा सारिएको स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनमा जसपासँग कुरा मिलेको छैन । गठबन्धनले जसपालाई देशभर १५ वटा सीट दिएको छ । जसपाले त्यसलाई स्विकार गरेको छैन । जसपाले ३० वटा सीट माग गरेको छ । त्यसमध्ये मधेश प्रदेशमै २० वटा सीट जसपाले माग गरेको छ । त्यसैमा दलहरु बीच सहमति बनेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप