शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सातामा १२ सयले बढ्यो सुनको मूल्य

शनिबार, १५ असोज २०७९, १२ : १२
शनिबार, १५ असोज २०७९

यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १२ सयले बढेको  हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ थियो । जुन, साताभरमा तोलामा १२ सयले बढेर ९३ हजार रुपैयाँ कायम भएको छ । यो साता सोमबार सुनको मूल्य स्थिर थियो । यस्तै मंगलबार ४०० ले घटेको थियो भने बुधबार २०० रुपैयाँले बढेको थियो ।

यसैगरी बिहीबार एकैदिन तोलामा १२ सय रुपैयाँले बढेको थियो । यस्तै शुक्रबार प्रतितोला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको थियो । यो साता चाँदीको मूल्य भने स्थिर कायम छ । गत साताको शुक्रबार तोलामा ११ सय ७० रुपैयाँ कायम रहेको चाँदीको मूल्य हिजो शुक्रबार पनि यही कायम छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप