मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फ्लोरिडामा इयान आँधीको कहर, २१ जनाको मृत्यु

शनिबार, १५ असोज २०७९, १२ : ०९
शनिबार, १५ असोज २०७९

इयान चक्रवातले अमेरिकाको फ्लोरिडा र साउथ क्यारोलिनामा ठूलो क्षति पुर्‍याएको छ । शुक्रबार फ्लोरिडामा यो आँधीको प्रकोप देखिएको थियो । आँधीको गति केही सुस्त भएपनि खतरा अझै टरेको छैन । आँधीका कारण धेरै क्षेत्रहरू डुबानमा परेका छन् र यो अवस्था फ्लोरिडा सहित अन्य क्षेत्रमा केही दिनसम्म रहन सक्ने बताइएको छ ।

इयान अमेरिकामा आएको अहिलेसम्मकै सबैभन्दा घातक आँधी हो । फ्लोरिडा आपत्कालीन सेवाका अधिकारीहरूले शुक्रबार बिहानसम्म २१ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। तर, सबैको मृत्यु आँधीका कारण भएको हो वा होइन भन्ने अझै स्पष्ट भइसकेको छैन ।

नेशनल हरिकेन सेन्टर (एनएचसी) का अनुसार यो आँधी अहिले करिब ९५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतर्फ सरिरहेको छ । एनएचसीले आँधी शुक्रबार थोरै कमजोर भएको तर यो अझै खतरनाक रहेको बताएको छ। आँधीका कारण आएको बाढीको प्रभाव अर्को सातासम्म जारी रहने एजेन्सीले चेतावनी दिएको छ ।

आँधीले फ्लोरिडामा धेरै क्षति पुर्‍याएको छ । धेरै घर ध्वस्त भएका छन् भने फ्लोरिडाका १६ लाखभन्दा बढी मानिस बिजुलीबिना बाँचिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप