आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

शनिबार, १५ असोज २०७९, ११ : ३६
शनिबार, १५ असोज २०७९

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । हेटौँडा–२ स्थित बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

उक्त निर्वाचनको लागि जिल्ला अदालत मकवानपुरका न्यायाधीश ऋषिराम निरौलालाई मुख्य निर्वाचन अधिकृत र न्यायाधीश मुकुन्दहरि पौडेललाई निर्वाचन अधिकृत तोकिएको छ । मुख्य निर्वाचन अधिकृत निरौलाले बोर्ड राखेर कार्यालय स्थापना गर्दै जिल्लामा विधिवत् रूपमा निर्वाचनको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । उनले निर्वाचनलाई भयरहित बनाउन जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।  मकवानपुर जिल्लामा प्रतिनिधिसभाको दुईवटा र प्रदेशसभाका चारवटा निर्वाचन क्षेत्र रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप