नबिल बैंकका काउन्टरहरु टिकाको दिनबाहेक अन्य दिन खुल्ला रहने
दसैंका बेला पनि नबिल बैंकका केही शाखाहरु खुल्ला हुने भएका छन् । बैंकले दसैंको टिका (विजया दशमी) का दिन बाहेक अन्य कुनै दिनपनि सेवा प्रवाह नरोकिने गरी केही एक्सटेन्सन काउन्टरहरु खुल्ला राख्ने भएको हो । प्रदेश नं. १ को विराटनगर, इटहरी, इटहरी पश्चिम लाइन र धरानका बैंकको शाखा कार्यालयहरूबाट १६ देखि २१ सम्म दिन मिलाएर बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला हुने जनाएको छ ।
यस्तै, मधेश प्रदेशका बीरगञ्ज र जनकपुर शाखा कार्यालयहरूबाट पनि बिहान १० बजेदेखि १ बजेसम्म सेवा प्रवाह हुने भएको बैंकले बताएको छ । बागमती प्रदेशका ललितपुर, कुमारीपाटी–२, बिजुली बजार, घण्टाघर, महाराजगंज खिचापोखरी, न्युरोड, टाँडी, नारायणगढ, हेटौंडा, अमलेखगञ्ज र तातोपानी एक्सटेन्सन काउन्टर टिकाको दिन बाहेक अन्य दिन बिहान १० बजेदेखि १ बजेसम्म खुल्नेछ । तर, काठमाडौं तीनधाराको ब्रान्च भने दिउँसो १ बजेदेखि ४ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।
अन्य गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका शाखा कार्यालयहरु पनि बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ । दसैंका बेला दैनिक तीनघण्टा खुल्ने काउन्टरहरुबाट सेवाग्राहीहरुले १० लाख रुपैयाँसम्म डिपोजिट र २ लाख रुपैयाँसम्म वीथ ड्र पैसा झिक्ने सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाभित्रको कलहका बिच कैलाश चौधरी कसरी बने भौतिक मन्त्री ?
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर