‘सरी मम’ को फष्टलुकमा सरिताको आँसु किन ?
![‘सरी मम’ को फष्टलुकमा सरिताको आँसु किन ?](https://rpcdn.ratopati.com/media/albums/sorry_mom_sarita_lamichhane_MLBv2bY7Vl.jpg)
पछिल्लो समय मनोरञ्जनात्मक मात्र होइन सामाजिक सन्देश मुलक फिल्म समेत निर्माण हुन थालेका छ । त्यो मध्येको एक हो ‘सरी मम’ । फिल्म लागुऔषध दुर्व्यसनको कथा समेटेर निर्माण भएको हो ।
निर्माण युनिटले विजय दशमीको अवसर पारेर फिल्मको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा आमा र छोराबीचको सम्बन्धलाई प्रतीकात्मक रूपमा देखाइएको छ । अभिनेता सरोज खनाल, अभिनेत्री सरिता लामिछाने सहितका केही कलाकार पोष्टरमा अटाएका छन् । पोष्टरमा सरिताको आँखा भरि आसु देख्न सकिन्छ ।
फिल्म नविन बोगटीकाले निर्देशन गरेका हुन् । फिल्ममा सरोज र सरिताको अलवा एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी लगायतको अभिनय छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पछिल्लो समय दुर्व्यसनका घटना बढिरहँदा कुलतमा फसेका युवायुवतीलाई लक्षित गरि फिल्म मार्फत चेतनामुलक सन्देश दिने उद्देश्यले ‘सरी मम’ बनाएको फिल्मका कार्यकारी निर्माता विनोद लामाले बताए । फिल्मलाई देशका सातै प्रदेशमा प्रदर्शन गरिने निर्माण टिमले बताएको छ । फिल्मको कथा पनि लामाको नै हो ।
दशैँ लगत्तै स्थानिय स्तरमा प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन , एन–प्याब्स , हिसान , शिक्षक महासंघ लगायतसँगको सहकार्यमा विभिन्न स्थानमा अभियानको रूपमा समुदायस्तरमा फिल्मको प्रदर्शनी गरिने निर्माण टिमले बताएको छ । फिल्मको प्रदर्शनीमा नेपाल जेसिजले समेत सहकार्य गरेको छ । जेसिजका देशभरीका १ सय ७४ वटा शाखाहरूले समेत प्रदर्शनीमा सहकार्य गर्नेछन् ।
दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको फिल्म आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको हुन् । एनएफआई क्रियशनको तर्फबाट फिल्म निर्माण भएको हो । फिल्मको सार्वजनिक प्रदर्शन मिति फाइनल हुन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की