शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अम्बे ग्रुपको डिलर मिट’

शनिबार, १५ असोज २०७९, ११ : १७
शनिबार, १५ असोज २०७९

अम्बे ग्रुपले आफ्ना लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरको जमघट कार्यक्रम गरेको छ ।  नेपालगन्जमा भएको कार्यक्रममा ग्रुपका अध्यक्ष हरि न्यौपानेले अम्बे स्टील र सिमेन्टको राम्रो बिक्री गरेकामा डिलरहरुलाई धन्यवाद दिए  ।

उक्त अवसरमा अम्बे स्टीलका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशमा यति ठूलो उद्योग स्थापना गरी उद्योग, रोजगारी, सिर्जना गर्नुका साथै कलाकार, डिलर, उपभोक्ता, सबैको आर्थिक हैसियत बढाउन सहयोग पुर्याएकोमा ग्रुपलाई धन्यवाद तथा आभार व्यक्त गरे । 

सोही अवसरमा ग्रुपका निर्देशक शिवाज न्यौपानेले उद्योगलाई समय सापेक्ष, प्रविधिमैत्री, जनउत्तरदायी, संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै देशकै अनुकरणीय उद्योगका रुपमा स्थापित गर्न नवीनतम सोचसहित विभिन्न नयाँ भेञ्चर थप्दै लगिने जानकारी गराए । 

उक्त अवसरमा दुई प्रदेशका प्रायः सबै डिलरबाट झण्डै ५ सय जनाभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप